शुद्ध जीवन तथा मुक्तिको सरल मार्ग अर्थात बुद्ध ज्ञानको महत्व बुझेर विदेशीहरु भने बुद्धत्व प्राप्त गर्न नेपाल आउछन । तर भगवान बुद्धको देशमा जन्मेका धेरैजसो नेपालीहरु भने बुद्ध ज्ञानबारे नै अनभिज्ञ र अनुभव विहीन छन ।

बुद्ध धम्म(धर्म होइन) अर्थात बुद्ध दृष्टी (दर्शन)/मार्ग/अनुभव संसारमा एक मात्र प्रमाणित अर्थात बैज्ञानिक मार्ग हो जसको माध्यमबाट नास्तिक वा आस्तिक जो कोही मानिस सरलै तरिकाले जीवनको हरेक बन्धनबाट मुक्ति प्राप्त गर्न सक्छन ।

मुक्तिको अर्थ हो हाम्रो चेतनामा बसेको अनावश्यक सोच, विचार, चाहाना, लोभ, क्रोध, इष्र्य, डर आदि क्लेशलाई हटाएर आफ्नो चेतना (सोच्न, बुझ्न, महसुस, भाव प्रकट गर्ने शक्ति) लाई शुद्ध बनाएर सबै नकरात्मक तत्वबाट छुटकारा पाउनु हो अर्थात शुन्यभाव हुनु हो । बुद्ध ज्ञान र भगवत गीता ज्ञानको अनुसार शुद्ध चेतना भएर बाचेका मानिसले पुर्नजन्म जस्ता बन्धनबाट पनि मुक्त हुन्छन ।

मुक्ति र परमआनन्द (स्वर्गियआनन्द) जीवन रहदै प्राप्त अर्थात अनुभव गरिन्छ ।

हामी भगवानप्रति श्रद्धा राखेर पुजा गर्छौ, मानिस, जनावर आदिको सेवा गर्छौ त्यो सहि हो र हुनुपनि पर्छ तर मुक्ति प्राप्त गर्नको लागी पुजापाठ, दान, दक्षिणा आदि भन्दापनि हाम्रो चेतनालाई शुद्ध गरेर सदाचारी र शुद्ध जीवनको मार्ग अर्थात सत्यको मार्ग अपनाउनु पर्छ ।

मानिसको मुक्तिको मार्ग ज्ञानबाट प्राप्त हुन्छ अन्यबाट होइन ।

मानिसको चेतनामा बसेको क्लेश नै मुक्तिको बाधक हो जसले गर्दा मानिसलाई अनावश्यक लोभ, लालच, इष्र्य, भय, क्रोध आदि बन्धनले बाधिदै लान्छ जुन जीवन रहदै हटाउन पर्छ, शुद्ध चेतना विना मानिसको मुक्ति सम्भव नै हुदैन ।

हामीले पढेर तथा प्रशिक्षण लिएर अन्य शैक्षिक, प्राविधिक, आदि बाहिरी ज्ञान हासिल गरे जस्तै आफ्नो चेतनालाई शुद्ध बनाउने भित्री ज्ञान अथार्त आत्माज्ञान प्राप्त गर्न/आत्माको बोध हुन आवश्यक हुन्छ ।

आत्माज्ञान विनाको मानिस भित्र ज्ञानको दियो त हुन्छ तर बलेको हुदैन बुद्धले भन्नु भएको छ “आफ्नो प्रकाश आफै बन ।”

आत्माज्ञानको पुर्ण स्वरुप(बोध) नै मुक्ति हो जहाँ पुगेर म भन्ने भाव पुर्णरुपमा सकिन्छ ।

मानिसको आत्मा अर्थात बास्तविक स्वरुप अविनाशी हुन्छ शरिर साधन मात्रै हो प्राय मानिसले जीवनलाई बुझ्दा यहि विन्दुमा चुकेको हुन्छ ।

र प्रत्येक मानिसलाई आफ्नो बास्तविक स्वरुपको बोध हुन आवश्यक हुन्छ । गीतामा लेखिएको छ “अनुभुतिद्धारा आत्माको प्रत्यक्ष बोध हुनु नै धर्मको पुर्णता हो ।”

अज्ञानताको कारण जानेर वा अन्जानमा मानिस विभिन्न खाल्को जीवन तथा कर्मको बन्धनमा अल्झेर बसेका हुन्छन जुन स्वयमलाई नै थाहा नहुन सक्छ तर त्यस्ता बन्धनबाट भने ग्रसित भएका हुन्छन र त्यसबाट हरेक मानिस मुक्त हुन जरुरी हुन्छ ।

मानिस संसारिक जीवनमा रहेर, आफ्नो दैनिक काम गरेर, आवश्यक आवश्यकता पुरा गरेर, आफ्नो आवश्यक उद्धेश्य हासिल गरेर, परिवारको साथ रहेर पनि सवै प्रकारको बन्धनबाट मुक्त हुन अर्थात मुक्ति प्राप्त गर्न सक्छन ।

बुद्ध ज्ञान, भगवत गिता ज्ञान र ओसो ज्ञान, आदि कुनै एकबाट आत्माज्ञान प्राप्त गर्न सकिन्छ तीनै ज्ञानको उद्धेश्य मानिसलाई अज्ञानताबाट मुक्त बनाउनु हो । ओसो ज्ञान (नेटमा ओसोको अडियो, भिडियोहरु छन) मार्फत ध्यानद्धारा बुद्ध ज्ञान र भगवत गीता ज्ञानलाई बुझ्न र अनुभव गर्न सरल हुन्छ ।

करिब ५ हजार वर्ष अघि जन्मिनु भएको भगवत गिता ज्ञानको जन्मदाता भगवान श्रीकृष्णबारे धेरै बैज्ञानिक प्रमाणहरु नभएतापनि करिब २६ सय वर्ष अघि जन्मिनु भएको भगवान बुद्धको जन्म सहितको प्रमाण लुम्बिनीमा नै सुरक्षित छ र नवलपरासीको रामग्राम स्तुपमा बुद्धको अस्तुधातु अझै पनि सुरक्षित रहेको विश्वास गरिन्छ ।

करिव २–३ लाख वर्षको मावन उत्पति(बैज्ञानिकको अनुसार)को इतिहासमा मानव मुक्ति मार्गको आविष्कारक (ओसो, आदि दार्शनिककोे अनुसार) सिद्धार्थ गौतम बुद्ध जस्ता मानवरुपी भगवानको जन्म दुर्लभ मानिन्छ र उहाँको धम्म अहिलेपनि हरेक मानिसको लागी उतिकै महत्वपुर्ण रहेको छ र रहिरहने छ ।

(तस्बिर लाकुरी भन्ज्याङमा लिइएको हो र दायापर्टीको बुद्ध अनुयायी ६०–७० वर्षको देखिने एक पश्चिमी विदेशी नागरिक हुन ।)