जव कुनै मानिस सांसारिक शब्द बोल्न छाड्छ, सांसारिक व्यवहार गर्न छाड्छ र सांसारिक विचार राख्न छाड्छ तब त्यहि मानिसबाट परमात्माले बोल्न, व्यवहार गर्न र सोच्न सुरु गर्नुहुन्छ ।
जवसम्म कुनै मानिसमा सत्यको बोध हुदैन तवसम्म सांसारिक कृयाकलापहरु वास्तविक हुन्छ तर जव सत्यको बोध हुन्छ तव सांसारिक कृयाकलाप सवै नाटक हुन्छ ।
त्यसैले संसारिक कृयाकलापको मोह प्रति बैराग्य भाव नै सत्य र परमात्मा तिरको यात्राको सुरुवात हो ।
आफ्नो आत्माको पहिचान सत्यको बोध हो, आफ्नो सुक्ष्म शरिरको पहिचान सत्यको बोध हो, परमात्माको पहिचान सत्यको बोध हो, शुन्य नै सत्यको बोध हो, मुक्ति नै सत्यको बोध हो ।
पदार्थ, समय र बुझ्न सकिने भौतिक संसार हो, पदार्थमा भएको अदृश्य उर्जा, समय र बुझाइ भन्दा परको अस्तित्व अर्थात परमात्मा अलौकिक संसार हो र ध्यान भौतिक र अलौकिक संसार विचको सेतु हो ।
जव कुनै मानिसलाई आफ्नो मुत्युको बोध हुन्छ, जव पुर्वजन्मको बोध हुन्छ जव मृत्युपछिको नयाँ यात्राको बोध हुन्छ तव सत्य, परमात्मा र अलौकिक जगतको बोध हुन्छ ।
पुर्वजन्म र मृत्युपछिको नयाँ यात्राको बोध नहुदा हामी यस जन्मको मात्र हिसावकिताव गर्ने गर्छाै तर कयौ जन्मदेखि हामी मानिस, पशु, पंछी हुदै आइरहेको छौ । हाम्रो शरिर मात्र मर्ने हो हाम्रो सुक्ष्म शरिर मर्दैन र मृत्युपछि जुनसुकै शरिरमा नयाँ रुप धारणा गर्न सक्छ त्यसैले हाम्रो आत्माले परमात्मा तिरको यात्रा नगरुन्जेलसम्म सुक्ष्म शरिरले आफ्नो कर्मको अनुसार नयाँ शरिरमा आफ्नो रुप धारणा गर्दैआउछ ।
त्यसैले मानव जीवन त्यो पुल अर्थात सेतु हो, कर्मको अनुसार एउटा आत्मा मानव जीवनपछि कि त परमात्मा तिर यात्रा गर्छ कि त पशु जीवनतिर ।
मानिसको भौतिक संसार भित्र आत्ध्यात्मिक संसार छ, आत्ध्यात्मिक संसार भित्र अलौकिक संसार छ । र यी तिनै संसार परमात्माले जीवन रहदै प्रत्येक मानिसको लागी उपलब्ध गराउनु भएको छ, मात्र खोजको जरुरी छ ।
र यो तीन वटै संसारको यात्रा गर्नको लागी आफ्नो चेतनालाई परमात्माको तहमा पुर्याउन सक्नुपर्छ तव परमात्माको आयामको संसारको अनुभुति गर्न सकिन्छ ।
उच्च तहको चेतना(High level of consciousness) र उच्च तहको आयाम (High level of dimension) को संसार नै परमात्माको संसार हो त्यसैले प्रत्येक मानिस परमात्मा बन्न योग्य छ । मात्र योग्य हुने सुत्रको बाटो हिडन सक्नुपर्छ ।