हामी मन्दिर, स्तुपा जान्छौ भगवानको पुजा गर्छौ, फर्किन्छौ तर यस पवित्र तिर्थस्थलहरु दिव्य उर्जाले भरिएको हुन्छ जस्को साधारणतया सबैलाई बोध नहुन सक्छ ।
तिर्थस्थलहरुमा गएर ध्यान गर्दा दिव्य उर्जा र दिव्य ज्ञानको बोध हुने गर्छ ।
हाम्रो भौतिक संसारको प्रविधिहरु अहिले जसरी तार रहित अर्थात तरंगले जोडिएको छ त्यसरी नै सारा ब्रम्हाण्ड तरंग मार्फत एक अर्कामा जोडिएको हुन्छ ।
भगवान बुद्धले करिव २५ सय वर्ष अघि नै पृथ्वी, अन्तरिक्ष, मन, समय एक अर्कामा जोडिएको छ भनेर उपदेश दिनुभएको थियो ।
हालैमात्र विज्ञानले यो तथ्यलाई पनि प्रमाणित गरेको छ कि ब्रम्हाण्डहरु एक अर्कामा तरंगित हुन्छ भनेर ।
अष्ट सिद्धि, टेलीप्याथी, सूक्ष्म यात्रा, तेश्रो आखाँ आदि सिद्धिहरु काल्पनिक होइन मात्र सबैलाई बोध नभएको हो ।
सिद्धिहरु चमत्कार होइन प्रकृतिको नै अदृश्य हिस्सा हो ।
विना सिद्धिपनि जीवन मुक्त हुन सक्छ तर सिद्धि प्राप्त गरेर पनि जीवन मुक्त नहुनसक्छ किनकी सिद्धि र मुक्ति परिपुरक हुन सक्छ तर एकै होइन ।
ध्यानमा पारंगत नभएकाहरुले मन्दिर, स्तुपामा गएर ध्यान गर्दा त्यति अर्थ नहुनसक्छ किनकी ध्यानको अनुभवको विभिन्न तहहरु हुन्छ जस्को हामीलाई पहिला बोध हुनपर्छ ।
दिव्य उर्जा हाम्रो साधारण उर्जा भन्दा फरक र शक्तिशाली हुन्छ त्यसैले दिव्य उर्जाको बोधको लागी पहिले नै आत्माबोध, मन विचार र शरिरबाट परको बोध, समाधिको बोध हुदा राम्रो हुन्छ ।
दैनिक ध्यान सुरु गरेको कम्तिमा पनि एक वर्षभन्दा बढि नै समय भएको राम्रो हुन्छ । सुरुवाती मानिसको लागी ध्यान सिकाउने सही गुरुहरुबाट ध्यान सिक्न सकिन्छ ।
तन्त्र, मन्त्र र यन्त्रबाट सिद्धि तथा अष्ट सिद्धि प्राप्त गर्न सकिन्छ ।
ध्यान मार्ग तन्त्र साधना अन्तरगत पर्दछ । जसरी पानी बाफ बन्नको लागी सय डिग्रीको तापक्रम हुनुपर्छ त्यसरी नै सिद्धिको बोध हुनलाई ध्यानको पनि आफ्नो तहमा पुग्नुपर्छ आफ्नो उर्जा शुद्ध हुनुपर्छ ।
खर्बौ ग्रहहरुमा पृथ्वी आफैमा अलौकिक छ र त्यसमापनि ध्यान र सिद्धिको लागी नेपाल, भारत र तिब्वत जस्तो भुमि संसारमा अरु नहुन सक्छ ।
हाम्रो देश नेपाल असाधारण छ । दिव्य, अलौकिक र सिद्धिले भरिएको छ ।
भगवान बुद्धको जन्म लुम्बिनी, मिलारेपाको ज्ञान मार्फा सहित मनाङ, मुस्ताङ क्षेत्र, गुरु पद्मसम्भवको सिद्धि फर्पिङ नेपालमै भएको हो ।
१. नरोपा गुफा, पशुपतिनाथ, २. असुरा गुफा, दक्षिणकाली फर्पिङ, ३. कालिन्चोक भगवती मन्दिर, दोलखा, ४. टुटेश्वर नाथ मन्दिर, महोत्तरी, आदि सिद्धिको लागी केहि पवित्र तिर्थस्थलहरुमा पर्दछ ।