मनुष्यको सामुन्य सबैभन्दा ठुलो प्रश्न यो होइन की भगवान छ कि छैन, सबैभन्दा ठुलो प्रश्न यो पनि होइन की स्वर्ग छ या नर्क ।

सबैभन्दा ठुलो प्रश्न यो हो की म को हु ?

तिमीले कहिले सोचेका छौ कि हामी सधै आफ्नो बारेमा गलत विचारमा बाचिरहेको हुन्छौ । बाल्यकाल देखि नै बताउदै आएको छ कि तिम्रो नाम यो हो । तिम्रो आमा बुवा यो हो, तिम्रो धर्म यो हो, तिम्रो देश यो हो । तर के, नाम नै तिम्रो पहिचान हो ? नाम त परिवर्तन गर्न सकिन्छ । के धर्म नै तिम्रो पहिचान हो? धर्म त परिस्थितिले तय गर्दछ ।

यदि तिमी भारतमा जन्मिएको हो भने हिन्दु, पाकिस्तानमा जन्मिएको भए मुसलमान, युरोपमा भए इसाई । त्यसोभए आत्मापनि सिमा र धर्म अनुसार परिवर्तन गर्न सकिन्छ ? होइन, आत्मा त त्यही रहिरहन्छ ।

हेर, संसारभरका मन्दिर, मस्जिद, चर्च, गिर्जाघर सवै यही प्रश्नको चारै तिर खडा गरिएको छ । मानिस प्राथना गरिरहेका छन, साधना गरिरहेका छन, उपवास गरिरहेका छन ।

तर भित्र यो प्रश्न लुकेर बसेको छ की म को हु?

अव सोच तिमी आफुलाई शरिर सम्झन्छौ तर शरिर हरपर परिवर्तन भैरहेको छ । जसलाई तिमी बाल्यकालमा शरिर भनिरहेको थियो अव त्यो कहि छैन । जवानीको शरिर अर्कै छ, बुढापाको शरिर अर्कै हुनेछ । तरपनि तिमी यहि भन्छौ कि म यहि(शरिर) नै हो, तव म शरिर हुन सक्दैन ।

तिमी भन्न सक्छौ म मन हु तर मन पनि स्थिर कहा छ र, बिहान हास्छौ, वेलुका रुन्छौ, कहिले रिस आउछ त कहिले प्रेमले भरिन्छ । मन त पागल बादर जसरी एउटा हाँगाबाट अर्को हाँगामा कुदिरहन्छ । त्यसोभए. यदि तिमी मन भए तिमी भरपल परिवर्तन भैरख्नु पर्ने तर भित्र केही छ जो उस्तै रहन्छ ।

यहि प्रश्न खडा गर्छ कि तिमी हो को?

यहि प्रश्नले तिमीलाई भित्रको यात्रामा लैजान्छ र यहि खोज तिमीलाई विस्तारै विस्तारै चेतना सम्म पुर्याउछ । चेतना जुन सधैभरि छ , जुन न बाल्यकालमा परिवर्तन हुन्छ न जवानीमा, बुढापामा । जुन हरेक सुखदुख, हरेक उतरचढावको विचमा साक्षी बनिरहन्छ, यहि नै आत्मा हो ।

जवसम्म मानिस आफुलाई मात्र शरिर मान्दछ तवसम्म उसको पुरै जीवन मृत्युको डरले घेरिरहन्छ । सोच, शरिर नाजुक छ एक सानो रोग, एउटा सानो दुर्घटना र सवै समाप्त । यदि तिमी यहि मान्छौ कि म शरिर हु, मुत्यु तिमिलाई सधै पछि लागीरहन्छ, तव जीवन केवल सुरक्षाको खेल बन्दछ । के खाउ जस्ले शरिर सुरक्षित रहोस, कसरि जिउ जस्ले बिमारी नहोस, कसरी बाचु जस्ले मुत्यु पर होस तर मृत्यु त निश्चित छ ।

तिमी लाख प्रयास गर शरिर बच्ने छैन ।

यदि तिमी भन्छौ म मन हु, तव पनि तनाव सकिदैन, मनको स्वाभव नै अस्थिरता हो । कहिले हासो आउछ, कहिले आसु बग्छ, कहिले क्रोध बढछ, कहिले प्रेम । मन सधै परिवर्तन भैरहन्छ, जसरी आकासमा बादल आउछ, जान्छ । यदि मनलाई म मान्छौ भने तिम्रो पहिचान पनि परिवर्तन भैरहन्छ । कहिले तिमी असल मानिस हुनेछौ, कहिले खराव, कहिले देवता, कहिले राक्षस तिमीलाई कहिले शान्ति मिल्दैन।

तर यदि थोरैमात्र रोकिएर थोरै सजकताले देख्यो भने तिम्रो एक अदभुत खोज हुनेछ । तिमी देख्छौ की शरिर परिवर्तन भैरहेको छ, मन परिवर्तन भैरहेको छ, तर केहि छ जुन कहिले परिवर्तन हुदैन । बाल्यकालमा पनि यो थियो, जवानीमा पनि यहि छ, वुढापामा पनि यहि रहन्छ । जव तिमी रुन्छौ त्यतिखेरपनि यो उपस्थित छ, जव तिमी हास्छौ त्यतिखेरपनि यो उपस्थित छ, जव तिमी सुत्छौ त्यतिखेरपनि यस्ले पहिचान दिइरहेको हुन्छ ।

यो हो चेतना, यहि नै तिम्रो वास्तिविक घर हो ।

शरिर कपडा जस्तै हो, जसलाई तिमी लगाउछौ र फालिदिन्छौ । मन त उपकरण जस्तो हो, जुन विचारको तरिकाले चल्छ । तर चेतना तिम्रो जड हो, तिम्रो केन्द्र हो, तिम्रो साश्वत स्वरुप हो ।

याद राख शरिर तिम्रो घर होइन, मन तिम्रो घर होइन, तिम्रो वास्तविक घर चेतना हो, जहाँ केहि भय छैन, केही परवर्तन छैन, केवल शान्ति छ । चेतनालाई बुझ्नको लागी तिमीलाई कुनै ग्रन्थ, कुनै शास्त्र, कुनै गुरुको लामो व्याख्याको आवश्यकता पर्दैन ।

किनकी चेतना कुनै विचार होइन, यो कुनै सिद्धान्त होइन, यो त तिम्रो आफ्नै अनुभव हो । मात्र केहि क्षण आखा बन्द गर, शरिरलाई खकुलोगरी छोडिदेउ र भित्र देख्न सुरु गर । तिमी पाउने छौ विचार आउछ, कहिले योजनाहरु, कहिले यादहरु, कहिले सपना, तरपनि विचार जान्छ, यो स्थायी होइन ।

फेरी भावनाहरु आउछ, कहिले खुसी, कहिले उदासी, कहिले डर, कहिले क्रोध तर कहि समयपछि यो पनि बदलिन्छ, कुनैपनि भावना सधैको लागी टिक्दैन । तर थोरै ध्यान देउ जव विचार आउछ तवपनि कोही देखिरहन्छ, जव विचार जान्छ तवपनि उही देख्नेवाला मौजुद हुन्छ । जव भावनाहरु उठ्छ तवपनि कोही छ जसलाई यसको अनुभव गरिरहेको छ । जव भावना मेटिन्छ तवपनि यो नै उपस्थित छ ।

यहि देख्नेवाला र यहि जान्नेवाला नै तिम्रो वास्तविक पहिचान हो ।

यो विचार होइन, किनकी विचार त आउछ जान्छ । यो भावना होइन, जुन मोतीको सर्वभावना होइन किनकी भावना परिवर्तन भईरहन्छ । यो मन पनि होइन किनकी मन पनि उर्फिने कुद्ने गर्दछ । यो हरेक चिजको साक्षी छ, यो हरेक चिजलाई देख्छ तर आफु कहिले परिवर्तन हुदैन ।

यो हो चेतना र यहि चेतना नै तिम्रो आत्मा हो ।

यो कुनै कठिन साधना होइन, यो त अहिले यहि क्षण तिम्रो भित्र उपलब्ध छ । अहिले तिमी सुनिरहेको छौ तव सुन्नेवाला को हो , अहिले तिमी बुझिरहेको छौ तव बुझ्नेवाला को हो । यदि तिमी थोरै गहिराइले हेर्छौ भने तिमी पाउछौ की तिमी त्यो शरिर होइन जुन बाहिर बसिरहेको छ । तिमी त्यो मन होइन जसले विचार गरिरहेको छ, तिमी त्यहि हो जुन सबै जानिरहेको छ ।

यो जान्नेवाला न कहिले जन्मिन्छ, न कहिले मर्छ, यो साश्वत छ, अमर छ ।

जव एक पटक तिमी यसलाई पहिचान गर्नेछौ तव तिमीलाई अरु पहिचानको आवश्यकता पर्नेछैन । तिम्रो नाम, तिम्रो धर्म, तिम्रो समाज, तिम्रो, सफलता सबै झुटो पहिचान हो । तिम्रो वास्तविक पहिचान यो हो की तिमी चेतना हो । मानिस आत्मालाई खोज्छ जसरी केहि चिज हराएको छ । जसरी कसैको चस्मा हराएको छ र उ हरेक ठाउमा खोजिरहेको छ । कहिले कुर्सिमा, कहिले ओछ्यानमा, कहिले कितावको भित्र । मानिस सोच्छ की आत्मापनि शरिरको भित्र कतै लुकेको छ । जस्तो हृदयमा वा मष्तिकमा अथवा कुनै खास स्थानमा तर यो खोज नै गलत दिशामा छ ।

आत्मा कुनै बस्तु होइन, बस्तु सधै वाहिर हुन्छ । तिमी ढुङ्गा छुन सक्छौ, पानीलाई समात्न सक्छौ, फुललाई सुघ्न सक्छौ तर आत्मालाई न तिमी छुन सक्छौ, न तिमी समात्न सक्छौ, न देख्न सक्छौ । किन?, कीनकी आत्मा वस्तु होइन, आत्मा त तिम्रै हुनु हो । यो त तिम्रो उपस्थिती हो । जसरी दियो वल्छ, उज्योलो आफै फैलिन्छ । तिमी दियो छुन सक्छौ तर प्रकाशलाई छुन सक्छौ र ? प्रकाश त केवल अनुभव गर्न सकिन्छ ।

जस्तोकी शरिर एउटा दियो हो, जव जिवनको दियो बल्छ चेतनाको उज्यालो चारैतिर फलिन्छ । तिमी चेतनालाई समात्ने प्रयास गर्दछौ  तर जसरी तिमी समात्ने प्रयास गर्दछौ । यो हातबाट फुस्किन्छ किनकी सामात्नु बस्तुको लागी हो र चेतना बस्तु होइन ।

यो त तिम्रो नै प्रकृति हो ।

के तिमीलाई कहिले प्रश्न गर्नुपर्छ की के म छु, पर्दैन, हुनुको अनुभव त सधै छ । तिमी छौ, यो नै सवैभन्दा ठुलो सत्य हो  तर यो हुनु नै आत्मा हो । जव तिमी भन्छौ म छु, तव यही म छु, आत्माको सबैभन्दा पहिलो झलक यहि हो ।

तर तिमी भन्छौ म यो हो, म त्यो हो । तव तिमी बस्तुसँग आफैलाई जोड्दछौ, कहिले शरिरसँग कहिले मनसँग, कहिले सम्वन्धसँग तव भ्रम उत्पन्न हुन्छ । आत्मा कतै लुकेको छैन की तिमीलाई खोज्न परोस । आत्मा सधै यही छ, अहिले छ,  मात्र तिमी यसलाई पहिचान गर्न सक्दैनौ । किनकी तिमी वाहिरको चिजमा अल्झीरहन्छौ ।

आत्माको खोज्नेको अर्थ यो होइन की वाहिरबाट यसलाई ल्याउनु छ । आत्माको खोज्नुको अर्थ हो, आफ्नो आँखाबाट वाहिरको फोहरलाई हटाउनु । आफ्नो भित्रको सजाकतालाई जगाउनु । र जव तिमी सजक हुन्छौ तिमीलाई थाहा हुन्छ आत्मा कुनै वस्तु होइन । आत्मा नै तिम्रो हुनु हो, तिम्रो उपस्थिति हो । (part-1)