प्रकृतिले लौकिक अर्थात भौतिक र अलौकिक अर्थात अशारिरिक संसार दुवै संसारको बोध हुन र कार्य गर्नको लागी मानव शरिर तयार गरेको छ ।

अर्थात मानव शरिर अलौकिक संसारको प्रयोगको लागी पनि प्रकृतिले निमार्ण गर्नुभएको हो । भौतिक संसारको लागी मात्र होइन ।
तर अलौकिक संसारको लागी मार्ग ध्यान हो र ध्यान आवश्यक पर्छ जसरी भौतिक संसारको लागी बोध हुनको लागी आँखा, कान, नाख, मुख,  ज्ञानिन्द्रियहरु ।

र ध्यानको मार्गबाट एक त उर्जालाई शुद्ध गर्न रुपान्तरण गर्नुपर्छ र अर्को चक्रहरु खोल्नुको लागी र सिद्धिप्राप्त गर्नको लागी संकल्प गरेर एकाग्र हुनुपर्छ ध्यानमा ।

ध्यानमा चक्रहरु खुल्दै जानु भनेको अलौकिक संसारमा पुग्नको लागी मार्गमा पर्ने विभिन्न विन्दुहरु पार गर्दै जानु हो ।

मानिसको सुक्ष्म शरिरमा ७ वटा चक्र हुन्छ । साथै मानिसको ७ वटा सुक्ष्म शरिर हुन्छ, योगका अनुसार मानिसको ७२ हजार नाडीहरु हुन्छन जुन सबै अभौतिक हुन्छ ।

१. मूलाधार, 2. स्वाधिष्ठान, ३. मणिपुर, ४. अनहद, ५. विशुद्धाख्य , ६.आज्ञा चक्र, ७. सहस्रार गरी ७ वटा चक्रहरुमा आज्ञा चक्रभन्दा तल ५ वटा चक्र भौतिक संसारका लागी हो भने यी ५ चक्रहरुको आज्ञा चक्रले संचालन गर्दछ भने आज्ञा चक्र भन्दा माथी शिरमा सहस्रार चक्र हुन्छ जुन अलौकिक संसारको हो र स्वतन्त्र हुन्छ ।

र आज्ञा चक्रमा तेश्रो आँखाको विन्दु पनि हुन्छ, जुन अलौकिक संसारमा जाने द्धार हो ।
७ वटा चक्र मध्ये प्रकृतिले काम चक्र मात्रै खोलिदिनु हुन्छ बाकी चक्रहरु मानिस आफैले खोल्नु पर्छ ।

साधारण लौकिक मानिस र अलौकिक मानिसमा अर्थात सांसारिर र आध्यात्मिक मानिसको विचमा मुख्य फरक नै यहि विन्दुमा हुन्छ । अर्थात सांसारिर जीवन मात्रै बाचिरहेको मानिसको सात चक्रमा मुलधार चक्र बाहेक अन्य चक्रहरु खुलेको हुदैन र उसलाई अलौकिक संसारको बोध पनि हुदैन ज्ञानपनि हुदैन र उसलाई सिद्धि, अलौकिक संसार, भगवान प्रतिको बोध हुदैन ।

जसरी यदि प्रकृतिले १४ वर्षमा काम वासनाको चक्र आफै नखोलिदिनु भएको भए बाल्यकालमा जसरी नै  काम वासना विनाको जीवन हुन्थ्यो मानिसको पुरै जीवन त्यसरी नै वित्थ्यो र उसलाई जीवनको कुनै समयमापनि काम वासनाको बोध हुदैन थियो त्यसरी नै अन्य ६ वटा चक्रहरु  मानिस आफैले खोल्नु पर्ने हुन्छ, चक्रहरु नखोल्दा मानिस भौतिक संसारमा सिमिति हुनुको कारण यहि हो ।

र भौतिक र आध्यात्मिक मानिसमा मुख्य भेद नै यहि हो । संसार एकै छ तर आध्यात्मिक मानिस एकै अवस्थामा शरिर, आत्मा र परमात्मासँग र तिनै संसारमा बाच्छ । उ कुनै पल मुक्तपनि हुनसक्छ भने कुनै पल सांसारिर मोह मायापनि पनि हुनसक्छ ।

तर सांसारिर मानिस शरिरसँगमात्र बाच्छ भौतिक संसारसँग मात्र बाच्छ र उ सांसारिक मोह माया भित्र नै रहिरहेको हुन्छ र उसले मुक्तिको पल अनुभव गर्न पाएको हुदैन र पाउदैन ।

र जीवन सकिएको पछि पनि भौतिक संसारमा मात्र सिमित मानिस पुन कर्म चक्र र विभिन्न शरिरिक योनी चक्रको जीवनमा घुमिरहेको हुन्छ र उ पुनः मानव योनी जिवनमा आएपनि उसलाई पुर्व जन्मको बोध हुदैन ।

तर आध्यात्मिक जीवनपनि बाचिरहेका मानिसले जीवन पछि मुक्त हुने अथवा पुन शारिरिर अथवा अशारिरिक संसारमा जन्म लिन भन्ने निर्णय गर्न सक्छ र यो निर्णय गर्नसक्ने शक्ति उसको हातमा रहन्छ । किनकी उसले जीवन रहदै होसमा रहेर, सत्यमा रहेर, कर्म चक्रको नियम अनुसार जीवन बाच्न सक्छ र बाच्छ, जसले गर्दा मानव जीवनपछि उ कता जाने भन्ने निणर्य गर्न सक्छ ।

लौकिक र अलौकिक जीवन र संसारको लागी न कुनै विज्ञानको आवश्यक्तता पर्छ न कुनै चमत्कारको अवश्यक्ता पर्छ । जसरी प्रकृतिको सृष्टि अनुसार दैनिक सुर्य उदाउने र अस्ताउने गर्नुहुन्छ त्यसरि नै प्रकृतिको सृष्टि अनुसार लौकिक र अलौकिक जीवन र संसार रहेको हुन्छ ।

आफुले अलौकिक संसारको यात्रा गर्नको लागी चक्रका बन्द पर्दा हटाउनु पर्ने हुन्छ ध्यान मार्फत पर्दाहरु हटाउन सकिन्छ । अन्यथा, एक मानिस भौतिक संसारमा त छ तर उ अन्धो छ भने उ यो भौतिक संसारमा त हुन्छ तर उसले न त भौतिक संसार देख्न पाउछ न त दिनको सुर्य को उज्योलो दिव्य ज्योतिको प्रकाश नै ।

त्यस्तै ध्यानबाट चक्रको पर्दा नखोल्दाको मानिसले न त अलौकिक सांसारमा यात्रा गर्न सक्छ न त दिव्य ज्योतिको प्रकाश देख्न पाउछ ।