कुनै मानिस आफ्नो शिरिरलाई त्रिकोणको आकारमा राखेर आँखा बन्द गरेर एउटा आसानमा बसिरहेको छ भने ध्यान गरेको भनिन्छ र साधारण अर्थमा त्यसैलाई ध्यानको अवस्था भनिन्छ ।

तर ध्यान भनेको एउटा यात्रा हो, एउटा माध्यम हो ।

कुनै मानिस त्रिकोणको आकारमा पलेटी मारेर बसेर दुई खुट्टाको घुडा माथी दुवै हात राखेर आँखा बन्द गरेर बसिरहेको छ भने उ भित्री यात्रा गरिरहेको छ ।

कुनै मानिस आफु भित्र यात्रा गर्न चाहन्छ, भित्री यात्रा गर्न चाहन्छ भने  यसका लागी ध्यानको आवश्यक्ता पर्दछ । जसरी हामी एक ठाउबाट अर्को ठाउमा यात्रा गर्दा कुनै प्रकारको भौतिक साधानको प्रयोग गर्छौ र भौतिक साधानको अवश्यक्ता पर्दछ ।

मानिसलाई आफु भित्र यात्रा गरेर आफैलाई खोज्नु परेमा ध्यानको अवश्यक्ता पर्दछ, परमात्मा खोज गर्नु परेरमा पनि ध्यानको अवश्यक्ता पर्दछ साथै ज्ञानको खोज गर्नु परेरमा, सत्यको खोज गर्नु परेमा ध्यानको अवश्यक्ता पर्दछ ।

अर्को अर्थमा भन्नु पर्दा मानिस संसारिक अर्थात भौतिक अर्थात लौकिक संसारबाट आध्यात्मिक अर्थात अलौकिक संसारमा यात्रा गर्नु पर्दा ध्यानको अवश्यक्ता पर्दछ ।

शारिरिक संसारबाट अशारिरिक संसारमा यात्रा गर्नुपर्दा ध्यानको अवश्यक्ता पर्दछ ।

प्रकृतिले मानिसको शरिरलाई लौकिक र अलौकिक दुई संसारको यात्रा गर्ने गरि निमार्ण गर्नुभएको छ र अलौकिक संसारको यात्रा गर्ने माध्यम चाहि ध्यान हो ।

सुरुवाती चरणमा ध्यानमा बस्दा अस्तव्यस्त, भड्केको र लयविनाको हुनसक्छ जस्तो घना जंगलमा आफु एक्लै कतै हराए झै । तर ध्यानले जव लय लिन थाल्छ, जव मार्ग भेटिन थाल्छ तव ध्यानले गहिराइ लिदै जान्छ । अनी विस्तारै मानिस मन, विचार र शरिबाट पर पुग्दछ । अनि आफैलाई भेटाउदछ अर्थात आत्मालाई, परमात्मालाई पनि । जीवनको विभिन्न बन्धनका रसाहरुपनि देखिन थाल्छ र त्यसबाट छुटकारा मिल्ने मार्गहरुपनि भेटिन थाल्छ ।

निरन्तर ध्यान गर्दै गरेको मानिस जीवन रहदै आफैलाई भेटछ, परमात्मालाई पाउछ र उ मुक्त हुन्छ । र कतै विशाल जनसागरको माझमा पनि एक्लै शान्त, आनन्दित र मुक्त भएको बसेको हुन्छ ।

ध्यानबाट आन्तरिक यात्रामात्रै हुदैन ।

मानिसमा जम्मौ जन्मदेखि रहेको अशुद्ध सस्कारहरुलाई पनि ध्यानले शुद्ध बनाइदिन्छ अर्थात हामीमा भएको अशुद्ध सोच विचार र कार्यको उर्जालाई विस्तारै विस्तारै शुद्ध उर्जामा रुपान्तरण गरिदिन्छ ।

साथै ध्यानमा एकाग्र भएर, संकप्प गरेर एक लक्ष्य राखेर विभिन्न सिद्धि पनि प्राप्त गर्न सकिन्छ ।

मानिस ध्यानको गहिरो अवस्थामा रहदा उर्जा पुर्णरुपमा शुद्ध हुन्छ र यहि अवस्थामा मानिसलाई आत्माज्ञान, ब्रम्हज्ञान र परमज्ञान प्राप्त हुन्छ ।

ध्यानको अर्थ, महत्व र उपलब्धी नबुझ्दा मानिस ध्यानलाई अनेक अर्थमा लिने गर्दछ र ध्यान गर्नबाट पन्छिन चाहन्छ पनि तर ८४ लाख भौतिक योनीमा प्रकृतिले मानव योनीलाई मात्र दिनुभएको अमुल्य उपहार हो ध्यान ।