माथि तस्विरमा वुद्ध भगवान बस्नु भएको तरिकाले देब्रे खुट्टा तल दाइने खुट्टा माथी, देब्रेहात तल र दाइनेहात माथी पारी हातका औलाहरु खुला छोडेर दुई बुढिऔलाको टुपो जोडेर घर, अफिस, मन्दिर, जंगल अथवा कुनै एकान्त स्थानमा सहज र खुला खाल्को कपडा  लगाएर (हुदा राम्रो) , शरिरलाई खकुलो राखेर, सहज तरिकाले बस्न सकिन्छ अथवा अन्य विभिन्न ध्यानको आसानमा पनि बस्न सकिन्छ ।

पलेटी मारेर, खुट्टाको घुुडामाथी दुवै हात राखेर आँखा बन्द गरेर मानिस त्रिकोणको आकारमा बस्दा, मन्दिरको छतको बनोट जसरी बसेको हुन्छ । यसरी त्रिकोणको आकारमा बस्दा हाम्रो शरिरको उर्जालाई एकिकृत गर्न र ब्रम्हाण्डिय उर्जासँग तरंग मार्फत जोडिन शरिरले टावरको जसरी कार्य गर्दछ ।

हामी साधारणतया विगतको स्मृति र भविश्यको सोचमा डुविरहेको हुन्छौ र प्रत्यक्ष अवस्थामा के गरिरहेको छौ भन्ने बोध हुदैन । जस्तो कि खाना खाने समयमा हामी खाना त खाइरहेको हुन्छौ तर मन अन्तै उडिरहेको हुन्छ । हाम्रो ध्यान खाना खाने प्रत्यक्ष अवस्थामा हुदैन ।

सवारीसाधान चलाइरहेको हुन्छौ तर हाम्रो मन अन्तै गइरहेको हुन्छ यस्तो अवस्थामा हाम्रो मष्तिकले नै स्वचालित अवस्थामा हाम्रो कार्यलाई शरिर मार्फत गराइरहेको हुन्छ ।

ध्यान गर्नुको अर्थ हामी जुन अवस्थामा छौ त्यहि अवस्थामा प्रत्यक्ष बोध हुनु हो, अर्थात होसमा रहनु, जागरुक अवस्थामा रहनु हो ।
त्यसैले सुरुवाति चरणमा जव हामी ध्यान गर्न सुरुगर्छौ हाम्रो मन र मष्तिक विभिन्न शिर्षकमा कताकता उडिरहेको हुन्छ ।

सुरुवाति चरणको ध्यानको अवस्थामा कतै अध्यारो, अन्कण्टार, अन्जान स्थानमा पुगेको अनुभव हुनसक्छ, जसलेगर्दा भ्रमहुने, डरपैदा हुने आदि हुन सक्छ । भुत, प्रेतहरु आदि आउने होकी, अथवा अन्य केहि हुने होकि अथवा कुनै अचुक शक्ति आएर कहि गर्ने पो हो की आदि मनमा विभिन्न डर तथा भ्रमहरु पैदा हुनसक्छ र ध्यानमा यो स्वाभाविक पनि हो ।

र यस्ता अवस्थाहरु मनबाट पैदा हुने मिथ्या डर र भ्रम बाहेक केहि होइन किनकी मनले हामीलाई ध्यानबाट मनरहित भएर शुन्यको अवस्था पुग्न नदिन, साक्षि भावमा रहन नदिन विभिन्न जालहरु विछ्याउने गर्दछ ।

सुरुवाती चरणमा ध्यानमा बस्दा रातीको समयमा ध्यानमा नबस्दा राम्रो हुन्छसक्छ किनकी दिनमा भन्दा रातमा ध्यानमा बस्दा अलि डर लाग्न सक्छ ।
दिनको २४ सै घण्टामा जुनसुकुै समयमा ध्यान गर्न सकिन्छ ध्यानको लागी कुनै साइतको समय आवश्यक्ता पर्दैन । साधारणतथा दिनमा दैनिक विहानी पख ध्यानमा वस्दा पनि उत्तम हुन्छ ।

र जव आफुलाई ध्यान गर्न बानी परिसकेको छ र ध्यानमा बस्दा साधारणतया डर लाग्दैन भने रातीको समयमा सुत्नु भन्दा अगाडी ध्यान गरेर सुत्नु उत्तम हुन्छ । किनकी हाम्रो नकरात्मक विचारहरुलाई विस्तार विस्तारै हटाउनुमा राती सुत्नुभन्दा अघि ध्यान गरेर सुत्दा सहयोगी हुन्छ ।

सुरुवाती समयमा ध्यान गर्दा डरलाग्छ भने ध्यान गर्दाको समयमा विभिन्न मन्त्र जप गर्दापनि हुन्छ र बाहिर आवाज ननिकाली मत्र जपगर्दै ध्यान गर्दा हुन्छ ।

साथै बुद्ध भगवानले ध्यान गर्नको लागी सरल र उत्कृष्ठ तरिकाको उपदेश दिनुभएको छ, त्यो हो ध्यान गर्दा आफ्नो स्वासलाई भित्र गएको र बाहिर आएको हेर्ने ।

हामी ध्यानको अवस्थामा छौ भने स्वासभित्र गयो र स्वास बाहिर आयो यहि अवस्थालाई पुनः हेरिरहने । यसले गर्दा हाम्रो ध्यान स्वासमा रहने हुदा एक त हाम्रो मन विभिन्न विचारमा उडिरहदैन । र अर्को डरको ख्यालपनि मनमा आउनदिदैन ।

र ध्यानगर्दा अथवा ध्यानको अवस्थाबाट बाहिर निस्किसकेपछि दैनिक विभिन्न अवस्थाहरु आइपर्न सक्छ डर, भय अथवा विभिन्न नकारात्मक स्थितिको बोध हुनसक्छ र यसलाई सामान्यरुप लिनुपर्छ र यस्तो हुनपनि सक्छ ।

यस्तो अवस्था आएमा नडराउनु, नआतिनु र डराउने र आतिने भयो भने आफ्नो भगवानलाई सम्झिरहन सकिन्छ जसले गर्दा केहि समयपछि अवस्था आफै सबै शान्त र ठिक हुन्छ । किनकी स्थायी भन्ने केहि हुदैन, डर र भयपनि क्षणिक नै हो । साथै खराव परिस्थितिमा हामीले भगवानलाई सम्झदा हामीमा सकरात्मक उर्जाको प्रभाव विस्तार हुने गर्दछ जसले गर्दा अवस्था सरल हुनजान्छ ।

ओसोले भन्नु भएको छ मानिस आफ्नो र परमात्माको खोज गर्दागर्दै बहुलाएछै भनेपनि, ज्यानै गएछ भनेपनि आफ्नो खोज नगरी मृत्यु भएको मानिसभन्दा लाखौ गुणा उक्तम हो यो अवस्था ।

किनकी यो जुनीमा जुन अवस्थामा मानिसको मृत्यु हुन्छ अर्कोजुनीमा मानिसले एउटा अवस्थामा पुगेपछि पुर्वजन्मको त्यहि अवस्थाबाट ध्यानको बाकी यात्रा सुरु गर्न सक्दछ । जसले गर्दा यो जुनिमा ध्यानमा खर्चगरेको मिहनत नास हुदैन र खेर जादैन ।

भनिन्छ करिव २५ सय वर्ष अघि भगवान बुद्धले लुम्बिनीमा जन्मलिनु भन्दा अघि उहाँको ५४७ पटक पुर्वजन्म भएको थियो र भगवान बुद्धले ती जन्महरुमा गर्नुएको पुन्य कर्म, ध्यान आदिको सम्पुर्ण परिणाम नै सिद्धार्थ गौतमको रुपमा जन्मिनु भएर सिद्धार्थ गौतम बुद्ध हुनसक्नु भएको हो ।

भने जव ध्यानमा आफु पारंगात हुदै जान्छ र गहिराइमा पुग्दै जान्छ, ध्यानमा बानी पर्दैजान्छ तव ध्यान विनाको जीवन कल्पनापनि गर्न नसकिने हुनसक्छ । किनकी ध्यान प्रकृतिले दिनुभएको अलौकिक र अदभुत उपहार हो मानिसलाई ।

हाम्रो जीवन अशान्त र अस्तव्यस्था हुनुमा हाम्रो मन विचारले गर्दा हो । जव हामी ध्यान मार्फत निर्विचारी हुन्छौ तव शुन्यको अवस्थामा, समाधीको अवस्थामा पुग्छौ भने यो अवस्था मानिसको जीवनको दिव्य अवस्था हो । जुन साधारण ध्यान नगर्ने मानिसले बोध गर्न सक्दैन न त कुनै भौतिक मुद्रा र शक्तिले यसलाई हासिल गर्न सक्छ ।

ध्यान गर्दा मन उडन सक्छ, कता कता विचारमा खेल्न र हराउन सक्छ र त्यतै उडिनरहनु । फर्केर होसमा आउनु अर्थात आफु ध्यान रहिरहेको भन्ने प्रत्यक्ष अवस्थाको बोध हुनु । यसरी आफु अहिले ध्यानमा रहिररहेको छु भन्ने आफ्नो प्रत्यक्ष अवस्थाको बोध हुनुलाई होसमा हुनु, जागरुक हुनु भनिन्छ । र मन कता कता उडे पनि पुन फर्काएर ल्याउन सक्नुलाई ध्यानको यात्रामा सफलताको एक सिडिको रुपमा लिइन्छ ।

यसरी ध्यानको अवस्थामा आफुलाई प्रत्यक्षबोध हुनथाले पछि ध्यानको अवस्था बाहेकमा पनि आफुलाई प्रत्यक्ष स्थितिको बोध हुन थाल्छ अर्थात होसमा रहन सकिन्छ र खाना खाइरहेको छ भने आफु खाना खाइरहेको र खानामा केके खाइरहेको भन्ने पनि प्रत्यक्ष बोध हुन्छ र सवारीसाधान चलाईरहेको छ भने पनि आफु सवारीसाधान चलाईरहेको छु भन्ने प्रत्यक्ष बोध हुने, कुन कति घुम्ति, कस्तोबाटो, बाटोमा कस्ता मानिसहरु आदि स्थितिको पनि प्रत्यक्ष बोध हुने गर्दछ ।

यसले गर्दा हाम्रो जीवनमा बेहोसीमा हुने विभिन्न साना तथा ठुला दुर्घटना अर्थात गलतकार्यहरु हुन छाडछ । किनकी हाम्रो जीवनमा प्राय गलतकार्यहरु बेहोसीमा हुने गर्दछ ।

र ध्यानबाट जव दिव्य सत्यको बोध हुन सुरु गर्छ तव जीवनको कुनैपनि कार्य र निर्णय गर्दा आफु स्वयमले नै सत्यको यात्रामा सत्यको निर्णय गर्न सकिन्छ ।

मानिसलाई सत्य बोध नहुदा र बहोसीमा नै जीवनका कतिपय गलत कार्य र निर्णय गर्ने गर्दछ ।

सुरुवाती समयमा ध्यान गर्न मन नलाग्नु सक्छ र ध्यानमा बसेपछि धेरैवेर वस्छ नसक्ने हुन्छ । सुरुवाती समयमा दैनिक कुनै एक समयमा वा दिन जतिपटक पनि ध्यानमा वस्ने वानी बसाल्दा राम्रो हुन्छ । र कुनैपनि बानीलाई जसलाइ सस्कार पनि भनिन्छ, लाई दैनिक २१ दिनमा परिवर्तन गर्न सकिन्छ र यो विज्ञानिक तरिकाले पनि सहि छ । त्यसैले विस्तार विस्तार ध्यानमा बस्ने समय बढाउदै लैजान सकिन्छ । । र कुनैपनि गलत आदत अर्थात सस्कारलाई जीवनबाट यसै तरिकाबाट विदा गर्न सकिन्छ ।

जव आफु ध्यान गर्दा एक पटकमा १ घण्टासम्म बस्न सकिन्छ भने ध्यानको अवस्थाको ४० मिनेट देखी ६० मिनेटको समय महत्वपुर्ण हुन्छ । किनकी हाम्रो मष्तिकमा कुनैपनि विचारपनि करिव ४० मिनेटसम्म मात्रै रहन सक्छ र यो वैज्ञानिक पनि छ ।

स्कुलमा एउटा घण्टि ४० मिनेटको हुनुको अर्थ यही हो त्यो भन्दा पर गएपछि मष्तिकमा पढेकोकुरा नबस्न सक्छ ।

त्यसैले साधारणतया ध्यानमा जतिपनि अलौकिक घटनाहरु ४० मिनेटपछि घटने गर्दछ र यो पलमा आफु निर्विचारी हुने र विभिन्न सत्यको बोधहरु हुने गर्दछ ।

आफु घर, अफिस आदि स्थानमा बसेर ध्यान गरिरहेको छ र वाहिरी आवाजले ध्यानमा असर गरिरिहेको छ भने आफ्नो ध्यान ती आवाजतिर नलैजाने आफैमा केन्द्रित गर्ने ।

दुइवटा आँखाको विचमा आफ्नो ध्यानलाई केन्द्रित गर्न सकिन्छ । यहि स्थानमा हाम्रो तेश्रो आखाँपनि हुन्छ । हाम्रो निधारको विचतिरको एउटा  स्थानमा अलौकिक जगतमा प्रवेश गर्ने विन्दु अर्थात द्धार हुन्छ । (Part-1)