कृष्णलाई बुझ्नुको अर्थ जीवनलाई बुझ्नु हो, कृष्ण कुनै व्यक्ति होइन । कृष्ण एक अवस्था हो, कृष्ण कुनै मनुष्य होइन, मनुष्यको चरम सम्भावना हो । तिमीले देखेको होला मानिस सधै कुनै एक किनारामा टिकेको हुन्छ । कोही तपश्वि बन्छ र उ भन्छ म संसारबाट टाढा जान्छु । कोही प्रेमि बन्छ र उ भन्छ म बस राधामा डुब्नेछु । कोही योद्धा बन्छ र उ भन्छ, म युद्ध नै धर्म सम्झिन्छु । तर कृष्ण, कृष्ण सबै हो र सबैभन्दा परपनि ।
कृष्ण रणभुमिमा पनि छ र बासुरिको धुनमा पनि छ । कृष्ण रस(रास)मा पनि छ र ध्यान पनि । कृष्ण हास्छपनि, नाज्छपनि, मजाक गर्छ, छल गर्छ तर पनि भित्रबाट उ निविर्कार छ । कृष्ण भन्नुहुन्छ, म जे गर्छु म त्यसमा छैन, यो सबैभन्दा रहस्य हो । जसले गर्छ त्यो अहंकार हो, जसले देख्छ त्यो आत्मा हो । कृष्णले (कार्य) गर्नुहुन्छ तर साक्षी भएर रहनुहुन्छ । कृष्णको हरेक कर्म एक नाच हो । किनकी कृष्ण यस(कार्य)मा हराउदैनन, साक्षी भावले देख्नुहुन्छ ।
अर्जुन युद्धको मौदानमा रहेर कापिरहेको थियो किनकी अर्जुनको मन बाडिएको थियो युद्ध गरु की नगरु भनेर । यहि मनको स्थिति हो, सधै द्धन्द्धमा । अजुर्नको प्रश्न हरेक मानिसको प्रश्न हो, म के गरु र कृष्णको उत्तरपनि हरेक मानिसको उत्तर हो । कर्म गर तर साक्षी भएर, कर्म गर तर त्यसमा नहराउ, कर्म गर तर फलको चिन्ता नगर, कर्म गर तर आफ्नो म लाई विचमा नल्याउ, मात्र गर्नु । जसरी लहर चल्छ आफै, फुल जसरी फुल्छ आफ्नो समयमा, जसरी हावा चल्छ विना दिशा सोधी ।
कृष्ण भन्नुहुन्छ, जव तिमी साक्षी हुन्छौ तव कर्म तिमीलाई बाध्न सक्दैन, कर्म तव बन्धन बन्छ जव उस(कर्म)को साथमा म जोडिन्छ । मैले गरे, मैले पायो, मैले गुमाए । यो सबै अहंकारको खेल हो । कृष्ण भन्नुहुन्छ, गर तर यो नमान्नु कि तिमी कर्ता हो, गर र हेर कि सबै आफै भैरहेको छ ।
यहि साक्षी भाव हो, यो कुनै साधना होइन, यो एक जागृति हो ।
जव तिमी भित्रबाट देख्न सुरु गर्छौ, सबैकुरा परिबर्तन हुन्छ । मानिस सोच्छ कि ध्यानको अर्थ आँखा बन्द गर्नु, तर ध्यानको बास्तविक अर्थ हो आँखा खोल्नु । कृष्ण भन्नुहुन्छ, विउझ, विउझिउ (जगजा, जाग्जा), देख तर आसाक्त नहोउ । यदि तिमी देख्छौ यदि तिम्रो भित्र क्रोध उठेको छ भने, क्रोध तिम्रो पकडमा रहदैन । यदि तिमी देख्छौ मोह उठिरहेको छ भने मोह तिमीमाथी हावी हुुनेछैन । देख्नेवाला(व्यक्ति) बाच्छ, हराउनेवाला डुब्छ ।
कृष्णको जीवन यसै दर्शनमा अडेको छ । उनी युद्धमा छन तरपनि भित्र शान्ति छ । उनी रसमा छन तरपनि भित्र ध्यानमा छ । उनी राजमहलमा छन तरपनि भित्र सन्यासी छ । किनकी उनले जीवनलाई बाडेका छैनन । उनले जीवनलाई सम्पुर्ण तरिकाले बाचेका छन ।
बुद्धले भने संसार छोड, महावीरले भने मौनमा जाउ, यसुले भने क्रस उठाउ तर कृष्णले भने जीवनमा उत्र तर उसमा नफस ।
यो हो कृष्णत्व ।
जीवनको पुर्णता त्यो हो जव सबैले स्विकार गर्न सकोस । जव तिमी रुन सक, हास्न सक, प्रेम गर्न सक, युद्ध गर्न सक तरपनि भित्र एक साक्षी बरिरहोस । कृष्णको सुन्दरमा यसैमा छ की उनी विरोधाभासलाई मेटाउदैन, उनी यसलाई एक गरिदिन्छन, कहिलेकाही मानिस भन्दछ कि कृष्ण विरोधाभासी हुन ।
हो, किनकी जीवन नै विराधाभास छ ।
रात र दिन दुवै छ, मृत्यु र जीवन दुवै छ, प्रेम र युद्ध दुवै छ । जसले कुनै एकलाई छान्छ, उ अधुरा रहन्छ ।
जसले दुवैलाई स्वीकार गर्छ, उ कृष्ण हुन्छ ।
कृष्ण भन्नुहुन्छ, जीवनलाई नबाड । जव तिमी जीवनलाई बाड्दछौ तव पवित्र र अपवित्रमा, राम्रो र नराम्रोमा तव तिमी आफैबाट भिन्न हुनेछौ, त्यसपछि तिम्रो ध्यान टुट्छ, त्यसपछि तिमी बाहिर भाग्छौ, भित्र जादैनौ ।
जीवनलाई जस्तो छ त्यसरी नै देख्नु, यही साक्षीभाव हो, फुल फुलेपनि देख, काडाले घोच्यो भनेपनि देख, वर्षात आए त्यसलाई पनि देख, घाम लागे त्यसलाई पनि देख, मात्र देख(हेर) विना निर्णयको र जव तिमी हेर्छौ भने सहि तरिकाले हेर्नु भित्र एक शान्ति उत्रिनेछ । जुन कुनै जीत र हारबाट आउदैन ।
कृष्णको रहस्य यहि हो पुर्णतामा बाच्नु, न केहि छोड्नु, न केहि पक्डिनु । न भाग्नु, न रोकिनु मात्र प्रबाहमा रहनु । जव तिमी प्रबाहमा हुन्छौ तव बासुरी बज्छ, जव कसैले बासुरी बजाएको छैन, स्वयम अस्तीत्व बजिरहेको छ ।
कृष्ण त्यहि अस्तित्वको संगित हो ।
कृष्ण हामीलाई सिकाउनुहुन्छ, कर्म गर तर भित्र मौन राख, नाच तर भित्र साक्षी बन, प्रेम गर तर स्वामित्व नराख, बोल तर भित्र मौन बस ।
यहि हो ध्यान, यहि हो कृष्णत्व ।
र जव तिमी यसरी बाच्न सिक्छौ, जीवनमा न त युद्धले दुख दिन्छ न त प्रेम मोहमा बाध्छ, न त हानी भय ल्याउछ, न लाभले अहंकार दिन्छ, सबै हुन्छ तर तिमी मात्र देख्छौ ।
यहि देख्नु नै मुक्ति हो ।
के तिमी अनुभव गर्न सकिरहेको छौ, जुन शान्ति कृष्णको भित्र थियो । त्यहि शान्ति युद्धको विचमा पनि अटल थियो । त्यहि शान्ति जुन बासुरिको धुनमा झल्किन्थ्यो, त्यहि साक्षी भाव जुन हरेक कर्मलाई नृत्य बनाइदिन्छ ।
यहि थियो पहिलो प्रवाह, कृष्णको सम्पुर्णताको, साक्षी भावको, कर्मको रहस्यको ।
अव तिमी केहि समय मौन बस, मौन नै द्धार हो । र यहिबाट अर्को प्रबाह सुरुहुन्छ । गीताको चेतना युद्ध । कुरुक्षेत्र कुनै मैदान होइन, कुरुक्षेत्र तिमी भित्र छ ।
हरेर विहानी जव तिमी आँखा खोल्छौ, युद्ध सुरु हुन्छ । एक आवाज भन्छ, हिड ध्यानमा, अर्को आवाजले भन्छ, थोरै अझै सुत । एक भन्छ सत्य बोल, अर्को भन्छ थोर झुट बाल्देउ काम बन्छ । यहि युद्ध हो, यहि अर्जुनको द्धन्द्ध हो ।
गिता कुनै ग्रन्थ होइन, यो चेतनाको युद्ध क्षेत्र हो । कृष्ण बाहिर उभिएको छैन, उनी तिम्रो भित्रको साक्षी हुन । जसले भन्छ उठ अर्जुन, तिमी त्यहि हौइनौ जुन तिमी सम्झिन्छौ । अर्जुन कापीरहेको थियो, अर्जुनको देख्यो, उसको अगाडी तिनै मानिसहरु थिए जसलाई अर्जुनले प्रेम गर्थे । अर्जुनको म रोयो ।
अर्जुनले भन्यो, हे केसव(कृष्ण) म युद्ध लडन सक्दिन र यहि क्षण हो जुन हरेक मानिस रोकिन्छ ।
जव कतव्य र भावना ठोकिन्छ, जव प्रेम र सत्य आमनेसामने हुन्छ तव युद्ध सुरु हुन्छ । कृष्ण हास्नुहुन्छ, कृष्ण अर्जुनलाई उपदेश दिदैनन, कृष्ण अर्जुनलाई जगाउछन । कृष्ण भन्नुहुन्छ, अर्जुन तिमी सोच्छौ तिमी शरिर हौ, त्यसैले तिमी डराउछौ । जो मर्दैन जसलाई कसले मार्न सक्छ । जो जन्म लिदैन, उसलाई कसले रोक्न सक्छ ।
गिताको मर्म हो तिमी शरिर हौइन । तिमी साक्षी हौ ।
जवसम्म तिमी आफैलाई शरिर सम्झिन्छौ, तिमी दुखि रहन्छौ । जव तिमी आफ्नो आत्मा जान्नेछौ, तव युद्ध होस या प्रेम मात्र तिमी हेर्नेछौ ।
हेर्नु नै मुक्ति हो ।
अर्जुनको भित्र जो कापिरहेको थियो, त्यो अहंकार थियो । म जित्छु अथवा हार्छु । कृष्ण भन्नुहुन्छ, अर्जुन जीत र हार तिम्रो हातमा छैन, कर्म गर तर फलको चिन्ता नगर । किनकी फल त पहिलेनै तय छ, तिमी त्यहि पाउनेछौ जुन तिम्रो कर्मको तरंगसँग मेल खानेछ ।
हेर, यहि जीवनको रहस्य हो । तिमी जे गर्छौ त्यहि फर्किदैन, तिमी जुन भावले गर्छौ त्यहि फर्किन्छ । यदि तिमी प्रेमले कर्म गर्छौ भने तव फल चाहे जस्तोसुकै होस, तिम्रो भित्र शान्ति रहन्छ ।
यदि तिमी लालचले गर्नेछौ, तव फल चाहे ठुलो होस तिम्रो भित्र अशान्ति रहन्छ ।
कृष्ण सिकाउनुहुन्छ । कर्मको महत्व हौइन, कर्मको चेतनाको महत्व छ । कृष्ण अर्जुनलाई भन्नुहुन्छ, उठ, आफ्नो धर्मको पालन गर ।
धर्मको अर्थ यो होइन की कुैन पुजा, पाठ या नियम ।
धर्मको अर्थ हो, जुन तिम्रो स्वभाव हो, त्यहि गर ।
यदि तिमी योद्धा हो भने, युद्ध तिम्रो साधना हो । यदि तिमी संगितकार हौ भने संगित तिम्रो साधना हो । यदि तिमी प्रेमि हो भने, प्रेम नै तिम्रो ध्यान हो ।
तर साक्षीभाव नहराउनु ।
गिता भन्छ कर्मयोग । कर्मयोगको अर्थ हो, कर्ममा योग ।
जव तिमी गर्छौ र भित्र साक्षी रहन्छ भने तिमी कर्मयोगी हौ । जव तिमी गर्छौ र भित्र इच्छाहरु उठछ, तव तिमी दास हौ ।
इच्छा तिम्रो गुलामी हो । साक्षी तिम्रो स्वतन्त्रता ।
गिताको युद्ध केवल अर्जुनको मात्र होइन । यो तिम्रो युद्धपनि हो, हरक्षण । जव तिमी कुनै सत्यलाई जान्दछौ, तर पालन गर्न सक्दैनौ तव तिमी अर्जुन हौ । जव तिमी आफ्नै भावनामा उल्झिछौ तव तिमी अर्जुन हौ । जव तिमी आफ्नो मनको दुविधामा अडकिन्छौ, तव तिमी कुरुक्षेत्रमा छौ ।
र जव भित्र कुनै आवाज उठछ हेर, गर, साक्षी बन तव कृष्ण बोलिरहुनु भएको छ ।