ध्यान, योगले भन्छ कि मानिसको चेतनालाई अन्य विभिन्न आयाममा अर्थात विभिन्न संसारमा पनि पुर्याउन सकिन्छ र चेतनाको यात्रा असिमित हुनेगर्छ ।

अर्थात हाम्रो चेतनाले सांसारिक घेरालाई नाघेर भौतिक संसारको परिधिभन्दा पर पुग्न सक्छ र अन्य संसारमा पनि पुग्नसक्छ ।

जस्तो कि, चेतनाको लागी हाम्रो शरिर एउटा रेडियो उपकरण जस्तै हुनसक्छ अर्थात शारिरिक यन्त्र, जसरी एउटा रेडियो उपकरणमा फरक फरक रेडियो स्टेशनहरुको आवाज सुन्न सकिन्छ र प्रत्येक मेगाहर्ज प्रत्येक रेडियो स्टेशन हुनसक्छ त्यसरि नै हाम्रो चेतनालाई पनि चेतनाको विभिन्न ढाचा(प्यार्टन)मा लैजान सकिन्छ ।

प्राय मानिसको चेतनाको दैनिकि सांसारिक परिधिको एकै ढाचामा मात्रै सिमित रहेको हुन्छ, अर्थात रेडियोमा एउटै स्टेशनको मात्र दैनिकि कार्यक्रमहरुको आवाज सुने जसरि । तर चेतनालाई चेतनाको विभिन्न आयामको बोध गराउन सकिन्छ, विभिन्न मेगाहर्जमा विभिन्न रेडियो स्टेशनको आवाज सुने जसरी नै चेतनालाई चेतनाको एउटा परिधि(घेरा)बाट अन्य विभिन्न परिधिमा लैजान सकिन्छ । अर्थात हाम्रो चेतना भौतिक बाहेक अन्य आयाम(संसार)मा पनि पुग्न सक्छ ।

त्यसको माध्यम भनेको ध्यान हो । ध्यान मार्फत हाम्रो चेतनाको एउटा अवस्थाबाट बाहिरिएर अर्को अवस्थामा पुग्न सक्छ जसले गर्दा चेतनालाई  भौतिक लोकबाट अन्य विभिन्न लोकमा पनि पुर्याउन सकिन्छ ।

सांसारिक मानिसले मन, विचार र शरिरको वरिपरी नै आफ्नो चेतनालाई सिमित गर्ने गर्छ,  जुन चेतनाको एकै प्रकारको ढाचा र परिधि अन्तरगत मात्र पर्दछ । चेतना सांसारिक घेरा भित्र मात्र सिमित हुदा उसले चेतनाको अन्य आयामका द्धारहरुको बोध गर्न सक्दैन ।

तर जव मानिस मन र विचार भन्दा पर पुग्छ तव चेतनाका अन्य आयामका द्धारहरुको पनि बोध हुनथाल्छ । मानिस मन र विचार विना चेतनामा मात्र पनि रहन सक्छ, जुन अवस्थालाई चैतन्य आत्मा भनिन्छ । साथै शरिर विनापनि आफ्नो चेतनालाई विभिन्न अवस्थामा अर्थात विभिन्न संसारमा पुर्याउन वा बोध गराउन सक्छ । मानिसको चेतनालाई एउटा अवस्थाबाट अर्को अवस्थामा बदल्न सक्छ ।

जस्तो, एउटा सिक्काको दुईवटा पाटा भएपनि भुइमा बसेको सिक्काको माथिल्लो अर्थात एक भाग मात्रै देखिन्छ तर यसको अर्थ यो होइन कि सिक्काको अर्को पाटा अर्थात भाग हुदैन, सिक्काको अर्को पाटा हेर्नलाई सिक्का पल्टाएर हेर्न सक्नुपर्छ ।

त्यस्तै हामी भौतिक जगतमा नै सिमित छौ भने यसको अर्थ यो होइन कि अलौकिक अर्थात अन्य जगत छैन । संसार भ्रम होइन तर हामी भ्रमको संसारमा छौ भने यसको अर्थ यो हौइन कि सत्यको जगत छैन, मात्र खोजको जरुरी छ र खोज ध्यानबाट सम्भव हुन्छ ।

ध्यानबाट मानिसले आफुलाई चेतनाको विभिन्न तह र आयाममा पुर्याउन सक्छ, चेतनाको अवस्थालाई बदल्न सक्छ, चेतनाको परिधिलाई नाघ्न सक्छ ।

सांसारिक मानिसको चेतना मन र विचारले नै घेरिएको हुन्छ र एउटै अवस्थाको परिधिभित्र हुन्छ जसले गर्दा चेतनाको अन्य आयामहरुलाई अनुभव गर्न सक्षम नहुनसक्छ । तर जव ध्यानमार्फत मन र विचारबाट पर पुगेर मात्र चेतनामा रहन्छ तव  यो शुन्यको अवस्थामा मानिसको चेतना सांसारिक अवस्था तथा परिधिबाट बाहिर निस्किसकेको हुने हुनाले आफ्नो चेतनालाई अन्य आयामको बोध गराउन सक्छ ।

साधारणतया हाम्रो शरिर जहा छ हाम्रो चेतनापनि त्यहि संसारमा हुन्छ, तर ध्यानमा बस्दा ध्यान लागेको समयमा भने ध्यानीको शरिर ध्यानको अवस्थामा हुन्छ  तर उसको चेतना अर्थात होस अर्थात ध्यान भने आफु ध्यानमा जुन आयाममा पुगेको छ चेतना पनि त्यहि पुगेको हुनसक्छ र त्यहि आयाम अर्थात लोकको अनुभव गर्नसक्छ ।

र ध्यान लागेको समयमा ध्यानीलाई भौतिक जगतको बोध नहुनसक्छ, यस अवस्थामा शरिर पुथ्वीमा हुन्छ चेतना भने अन्य आयाममा, लोकमा पुगेको हुनसक्छ ।

भिडियो कल गरेर हामी अर्को स्थानको अवस्थाहरु थाहा पाउन वा देख्न सक्छौ साथै कम्प्युटर तथा मोबाइलको डाटा स्टोरेज डिभाइज नसारिकनै एक स्थानबाट अर्को स्थानमा डाटामात्रै स्थान्तरण गर्न सके जसरिनै हाम्रो शरिर एक स्थानमा रहेर नै हाम्रो चेतनाले अर्को आयामको अवस्थाको पनि जानकारी हासिल गर्न सक्छ ।

भन्नुको अर्थ हाम्रो चेतनालाई सांसारिक आयाममा मात्र नभै आयामको विभिन्न ढाचामा ढाल्न वा पुर्याउन सकिन्छ र ति आयामहरुको अनुभव गर्न सकिन्छ ।

अर्थात शरिरले यात्रा नगरिकनै हाम्रो चेतनाले मात्रै पनि शुक्ष्म यात्रा गर्न सक्छ, हाम्रो चेतनालाई मात्रै पनि अन्य जगतमा पठाउन सकिन्छ ।

जस्तो कि, हामीले अनौठो सपनाहरु देख्ने समयमा सायाद हाम्रो चेतना अर्कै आयाममा पुगेको हुनसक्छ तर हामी निदाउदा बेहोसीको अवस्थामा हुन्छौ भने त्यहि चेतना ध्यानमा अर्को आयाममा पुग्दा भने हामी होसमै हुन्छौ ।

बर्तमान अवस्थामा भौतिक जगतबाट अन्य जगतमा जानसक्ने मानिससँग केहि छ भने त्यो चेतना नै हो । मानिसको चेतनालाई विभिन्न अवस्थाको बोध गराउन सकिन्छ, विभिन्न आयाममा पुर्याउन सकिन्छ र ति आयामहरुको ज्ञान र अनुभवलाई प्राप्त गर्न सकिन्छ, मात्र चेतनालाई विभिन्न आयामको बोध गर्न सक्ने ज्ञान हुनुपर्दछ ।

विभिन्न सिद्ध पुरुष, सन्त, ऋषि मार्फत लेखिएका विभिन्न धर्मग्रन्थ र अन्यलोकको वर्णनहरु काल्पनिक नहुनसक्छ, किनकी बुद्धत्व प्राप्त मानिस पृथ्वीको मौजुद भौतिक सिद्धान्तभन्दा पर पुग्न सक्छन र आफ्नो चेतनालाई विभिन्नलोकमा पुर्याउन सक्षम भएका हुन सक्छन । त्यहाको गतिविधिलाई नियाल्न सक्ने हुन सक्छन भने मौजुद भौतिक सिद्धान्तभन्दा भन्दा शक्तिशाली अन्य ज्ञान तथा सिद्धान्तहरुपनि हासिल गर्न सक्छन ।

जसको प्रयोगलाई मानिसले चमत्कार भन्ने गर्छ, तर तिनै चमत्कार ब्रम्हाण्ड कै कुनै अन्य सिद्धान्तमा आधारित पनि हुनसक्छ ।

विभिन्न बैज्ञानिकहरुले समानन्तर संसार वा अन्य संसारको सम्भावनाबारे बताएका छन र अन्य संसारमा मानिस जान सक्ने सम्भावनाबारे भनेका छन । तर यि सिद्धान्तहरु विज्ञानद्धारा प्रमाणित हुने चरणमा भने पुगेको छैन र सायद नपुग्नपनि सक्छ ।

भौतिकशास्त्री बैज्ञानिकद्धय अल्बर्ट आइन्स्टाइनको सापेक्षताको सिद्धान्तमा चार आयम र स्टीफन हकिंगले क्वान्टम सिद्धान्तमा समानन्तर वा अन्य संसारको सम्भावनाबारे बताएका छन ।

स्ट्रिङ सिद्धान्त अनुसार भने मानिसको सबैभन्दा सुक्ष्म कण स्ट्रिङ अर्थात तरंग मार्फत सुक्ष्म रुपमा रहेको अन्यलोक वा आयाममा पुग्न सकिन्छ भनेको छ । जुन स्ट्रिङ परमाणु भित्रको न्युट्रोन र प्रोटोन भित्रको क्वार्क भित्र पनि हुन्छ भनेको छ तर विज्ञानले हालसम्म प्रमाणित गर्न भने सकेको छैन ।

क्वान्टम मेकानिक्स सिद्धान्तले परमाणु भित्रको इलेक्ट्रोन एकै समयमा फरक दुई स्थान वा अवस्थामा देखिनसक्ने र एक स्थानबाट गाएब भएर अर्को स्थानमा देखिनसक्ने भनेको छ साथै कणहरु एक ब्रम्हाण्डबाट अर्को ब्रम्हाण्ड सम्मपनि एक अर्कामा आफै जोडिनसक्ने पनि भनेको छ ।

हाम्रो सौर्य मण्डल जस्तो सौर्य मण्डल एउटा अकाशगंगामा लाखै वा करौडौ हुनसक्छ, हाम्रो मिल्किवे जस्तो आकाशगंगा हाम्रो ब्रम्हाण्ड भित्र लाखौ वा करौडौ वा अर्बौ हुनसक्छ भनेर खगोलविधहरुले खोज गरिसकेका छन ।

मल्टिवर्स थ्योरीका अनुसार विभिन्न भौतिकशात्रीहरुले भने ब्रम्हाण्डहरु वा समानन्तर ब्रम्हाण्डहरु नै अनेकौ हुनसक्छ समेत भनेका छन । जसअनुसार यो जगतमा पृथ्वी जस्तो अन्य ग्रह अथवा संसारको न्युनतम संम्भावना गर्दा पनि अन्य सयौ, हजारौ पृथ्वीहरु जस्तो वा संसारहरु भेटिनसक्छ ।

बुद्ध भगवानले करिव २५ सयवर्ष अघि नै अन्तरिक्ष र हामी एक अर्कामा जोडिएको छौ भनेर भिक्षुहरुलाई उपदेश दिनु भएको थियो र हालै विज्ञानले पनि ब्रम्हाण्ड तरगिंत हुन्छ भनेर यो तथ्यलाई प्रमाणित गरेको छ।

यसै एक उदाहरणबाट नै प्रष्ट हुन्छ कि विज्ञान र ध्यान, योगको समयमा कति अन्तर छ । नेपालका न्युरो सर्जन बसन्त पन्तले पनि एक अन्तरवार्तामा विज्ञान भन्दा सनातन कयौ गुणा अघि रहेको हुनसक्ने बताएका छन ।

न्युरोसाइन्सको अनुसार हाम्रो जीवनमा शरिरको मष्तिकको केही भागको प्रयोग नै हुदैन जसलाई काटेर हटाउदा पनि मानिसको जीवनमा खासै केहि असर गर्दैन तर योग भन्छ जव मानिस ध्यान गर्न सुरु गर्छ तव भौतिक जीवनमा प्रयोगमा नआएको मष्तिकको ति भागहरुले ध्यानको एउटा चरणमा पुगेपछि प्रयोग हुन सुरु हुन्छ ।

आगो विनाको कुनै प्रचिन युगपनि थियो जहा आगो बल्नु नै चमत्कार हुन्थ्यो, कुनै सताब्दी पनि थियो जहा हवाइजहाज उडनु नै काल्पनिक थियो तर अहिले यि दुवैको प्रयोग सरल छ ।

सायद ब्रम्हाण्डको खोजमा पृथ्विमा विज्ञान अहिलेपनि सुरुवाति चरणमै छ । तर पृथ्विकै ध्यानी मानिस तथा सिद्ध पुरुष(मानिस) को चेतनाको तरंगले भने ब्रम्हाण्डको खोज र उपलव्धीमा विभिन्न चरण पार गरिसकेको हुनसक्छ ।