एक सन्दर्भमा पुरुष भिक्षुलाई दिनुभएको एक उपदेशमा भगवान बुद्धले भन्नुभएको छ, पहिलो कुरा त कुनै नारीलाई हेर्दै नहेर्नु, हेर्नै परे छुदै नछुनु, छुनै परे होसमा रहेर छुनु ।
भगवान बुद्धको यो उपदेश मुक्तिको मार्गमा आफैमा विशेष रहेको छ ।
बुद्धले होसमा रहनु भन्नु भएको अर्थ चैतन्य हुनु भन्नु भएको हो । जव कुनै मानिस होसमा अर्थात चैतन्य अवस्थामा हुन्छ, उ परम अवस्था अर्थात परमात्माको अवस्थामा हुन्छ ।
जव मानिस परमात्माको अवस्थामा हुन्छ उसको पाइला अशुद्धितिर जानै सक्दैन । उसले कुनै नारीलाई छोएपनि कुनै मानिसले मन्दिर तथा स्तुपमा परमात्माको मुर्तिलाई छोए जस्तै पवित्र हुन्छ, शुद्ध स्पर्श हुन्छ ।
भने कुनै पुरुषले कुनै नारीलाई बेहोसीमा छुन्छ भने उ अशुद्धिको मार्गमा प्रबल जान सक्छ किनकी यो अवस्थामा मानिसलाई मोह र बासनाले घर्ने गर्दछ र उ माराको संसारमा, जालमा पुग्दछ । मारा माया, मोह, बासना, क्रोध, चाहना आदिको मालिक हो ।
भगवान बुद्धको सारा उपदेश नै माराबाट मुक्त हुनको लागी हो । मारासँगको अन्तिम विजय प्राप्त गर्नु भएपछि नै भगवान बुद्धले बुद्धत्व प्राप्त गर्नु भएको थियो ।
कुनै नारी र पुरुष विच सहमतिमा हुने कार्य आफैमा पाप वा गलत कार्य भने होइन । तर यस कार्यबाट मानिस माराको मुठ्ठिमा पुग्ने गर्दछ र माराको दास हुने गर्दछ । जसले गर्दा उसको यात्रा अशुद्धि तिर हुने गर्दछ किनकी मारा अशुद्धिको प्रतिक हो ।
बुद्धमार्गीहरुको सारा जीवन भने शुद्धिको यात्रा हुने गर्दछ ।
कुनै बुद्ध मार्गीले शुद्धिको शिखरमा पाइला टेकी सकेको वा शुद्धिको मार्गमा छ भने उसलाई बुद्ध भगवानले अशुद्धिको मार्ग तिर नर्हेनु, नछुनु भन्नुको अर्थ ति बुद्धमार्गीले कयौ दुख, त्याग, तपस्या गरेर पुगेको त्यस शुद्धताको स्थानबाट झरेर पुन शिखरको फेदिबाट यात्रा शुरु गर्नुपर्ने हुन्छ ।
जुन एक बुद्धमार्गीको लागीको आफैमा कहालीलाग्दो अवस्था हुने भएकोले उसले पुन शुद्धिको यात्रा शुरु गर्न सक्ने नुहनपनि सक्छ ।
त्यसै कारणले पनि बुद्धमार्गीहरु विवाह गर्दैनन ।