मानिसमा शुद्ध र अशुद्ध उर्जा हुन्छ । शुद्ध उर्जा नै परमात्माको भेट हो, अमृत हो ।

कारण जेसुकै भएपनि मानिसमा २४ सै घण्टामा हुने शुद्ध र अशुद्ध बोली, व्यवहार र सोचबाट नै प्रष्ट हुन्छ कि आफुमा कति शुद्ध र अशुद्ध उर्जा छ भनेर ।

२४ सै घण्टा नै सत प्रतिशत शुद्ध उर्जा हुनु नै बुद्ध हुनु हो, मानिस भगवान हुनु हो । मानिसले शुद्ध उर्जाबाट गर्ने बोली, व्यवहार र सोच नै परमात्माको दर्पण हो ।

ध्यानले मानिसको अशुद्ध उर्जालाई शुद्ध उर्जामा परिणत गर्दछ । ध्यानमा शुद्ध उर्जाबाट प्राप्त हुने ज्ञान नै आत्माज्ञान हो । शुद्ध उर्जाबाट प्रेम, करुणा र भक्ति पैदा हुन्छ जहाँ मन र विचार जस्ता अशुद्ध तत्वहरुको विलय हुन्छ ।

ध्यानमा जव मन र विचार विलिन हुन्छ तव आत्मा शुद्ध हुन्छ र त्यो पलमा पैदा हुने ज्ञान नै आत्माज्ञान हो ।

यो प्रकृयालाई बुद्ध भगवानले सिल, समाधी र प्रज्ञा भन्नु भएको छ । सिलको अर्थ आफ्नो उर्जा शुद्ध बनाउनु हो, समाधीको अर्थ मन, विचार र शरिर भन्दा पर पुग्नु हो र प्रज्ञाको अर्थ ज्ञान प्राप्त गर्नु हो ।

आत्मा ज्ञान आफ्नो आत्माबाट पैदा हुन्छ अन्य स्रोतबाट प्राप्त हुने होइन अन्य स्रोतबाट प्राप्त ज्ञान सांसारिक ज्ञान हो, अरुको ज्ञानको हो ।

हामीले नचाहादा नचाहदैपनि विभिन्न नकरात्मक बोली र व्यवहार गरिरहेको हुन्छौ किनकी मानिसको चेतनामा जम्मौ जन्म देखिको अशुद्ध सस्कार सग्रहित भएर बसेको हुन्छ । साथै मानिसमा विभिन्न कारणले अशुद्ध उर्जा पैदा हुन्छ ।

सम्वन्ध स्थापित गर्नु पाप होइन तर त्यस कार्यबाट नकरात्मक उर्जा पनि पैदा हुने गर्दछ र एक अर्काको उर्जा स्थानतरण पनि हुने गर्दछ । मांशाहार गर्नु पनि आफैमा अशुद्ध उर्जा पैदा गर्नु हो । जीव हत्या गरेर अथवा गरेको मांशाहार गर्नु हिंसा हो जस्ले आफु भित्र भएको करुणा र प्रेमको विजलाई मार्छ ।

मानिस दैनिक भिक्षाटन गरेरपनि आफ्नो पेट भर्न सक्छ, कार्य गरेर पैसा कमाएर पनि आफ्नो जीवन यापन गर्न सक्छ । तर अनावश्यक सम्पती संचय गरेमा वा संचय गर्ने लोभ र लालसा ले मानिसमा नकरात्मक उर्जा पैदा हुन्छ ।

माया र मोहले नकरात्मक उर्जा पैदा गर्छ र मानिसलाई बाध्छ तर प्रेम र करुणाको उर्जा शुद्ध हुन्छ र स्वतन्त्र राख्छ ।

सन्तहरु अशुद्ध उर्जाबाट बच्न चाहन्छ त्यसैले उनीहरु व्यक्ति, समाज र संसार भन्दा पर बस्छ । अशुद्ध भोजन र कृयाकलापबाट पर हुन्छ । आफुमा खप्टिएर बसेको जन्मौ जन्म देखिको अशुद्ध सस्कारलाई हटाउन ध्यान गर्छ ।

स्वर्ग र नर्कको अनुभव लिन मर्नुपर्छ भन्ने होइन मानिसमा भएको शुद्ध र अशुद्ध उर्जा नै स्वर्ग र नर्कको प्रतिविम्व (दर्पण) हो ।