परमात्माको परम चेतना नै कहिले श्रीकृष्ण, कहिले बुद्ध, कहिले यसु, कहिले पैगम्बर त कहिले ओसो भएर आउने हो ।
ब्रम्हा, विष्णु र महेश परम चेतनाको तहहरु हो ।
शिवलिङ्ग ज्ञानको ज्योतिको प्रतिक हो । जव ज्ञानीको चेतना शिव सुत्र बुझ्ने तहमा पुग्छ तव उस्को अस्तित्व मुक्त हुन्छ ।
ध्यानी मानिसको चेतना ब्रम्हको तहमा पुगेपनि उ मुक्त हुदैन । किनकी म, मेरो, हामी, हु, हो आदि चेतना र अस्तित्व रहेसम्म मानिस तथा देवतापनि मुक्त हुदैन ।
आत्मा ज्ञान, ब्रम्ह ज्ञानले आफु र अस्तित्वको ज्ञान हुन्छ तर मुक्त हुनलाई परम ज्ञानको बोध हुनुपर्दछ । स्वर्ग, नर्क, ब्रम्ह आदि जुन लोगमा रहेपनि चेतना मुक्त हुदैन । सुख र दुखको भोग हुने मात्रै हो । चेतना रहेसम्म र जुनलोक जुन अवस्थामा रहेपनि आत्मा मुक्त हुदैन ।
मुक्त हुनलाई आत्मा भन्दा पर परमात्मामा पुग्नुपर्छ । ब्रम्हभन्दा पर परब्रम्हमा पुग्नुपर्छ । लोकभन्दा पर परलोकमा पुग्नुपर्छ ।
जसलाई महामृत्यु भनिन्छ । मृत्युले शरिरमात्र जलाउछ । महामृत्युले सुक्ष्म शरिर तथा चेतनालाई पनि जलाउछ । त्यसैले भगवानलाई परमात्मा, परब्रम्ह, परलोकमा भनिएको हो ।
लोकमा मनुष्य, देवता, दानव, आदि बस्ने हो र मुक्त हुदैन । कर्म, समयचक्र, अस्तित्व भित्र नै छ सबै लोक र लोकमा रहनेहरु ।
परमात्मा एउटै सिक्काको दुई पाटो हो ।
एकपाटोमा उज्यालो छ, आत्मा छ, अस्तित्व छ, ब्रम्ह छ, चेतना छ, समय छ, चक्र छ । अर्कोपाटो पाटोमा अध्यारो छ, सुन्य छ, चेतना छैन, अस्तित्व छैन, समय र चक्र हुदैन, केही हुदैन ।
अध्यारो पाटो नै मुक्ती हो, अस्तित्वको खरानी नै मुक्ती हो ।
आँखाले नदेख्ने अस्तित्व पनि छ, मष्तिकले नभ्याउने चेतना पनि छ, समय भन्दा परपनि केहि छ, अस्तित्व भन्दापर पनि केहि छ, यसैको बोध नै परमात्माको बोध हो ।
लाउत्से, गुर्जेफ, अष्टाबक्रा, सुफि, बुद्ध, उपनिषेद, ओशो, भगवतगिता, महाविर, आदि जुन मार्गबाट खोज गर्दापनि हुन्छ परमात्माको । बाटो फरक होला तर पुग्ने सबै एकै विन्दुमा हो ।
भनिन्छ मनुष्य जीवनको लागी देवतापनि अवसरको खोजीमा हुन्छ । किनकी मानव जीवनबाटमात्रै बुद्धत्व सम्भव हुन्छ ।
स्वर्गमा सुखै सुखमात्र हुन्छ, नर्कमा दुखैमात्र । मानव जीवनमा मात्रै सुख र दुख दुवै हुन्छ साथै पाप र पुन्यको जोड घटाउ गर्न सकिन्छ जस्लेगर्दा एउटा आत्मालाई मुक्तीको मार्गमा लैजान सक्छ ।
भनिन्छ बुद्ध भगवानले आफ्नो भिक्षुहरुलाई उपदेश दिदा बुद्ध भगवानको बाणी देवलोकमा सहित विभिन्न लोकमा पुग्थ्यो र सुनिन्थ्यो । किनकी देवताहरुपनि मुक्त भएको हुदैन, परमात्मामा विलय भएको हुदैन ।
तर हामी मनुष्यलाई भने बृद्ध अवस्थामा एक्लो होला भन्ने डरलेपनि विहे गरेर भएपनि परिवार बढाउनु छ अरु के के गर्नुपर्या छ र हजारौ सपनाहरु, चाहानाहरु, सुखसुविधाहरुको भोग गर्ने तिर नै मानव उर्जाको प्रयोग भएको छ ।