डियर मानिस,
तिमी जन्मियो, हुर्कियो, पढ्यो, दुई पैसा कमायो, विहे गर्यो, बुढो भयो, राम राम भन्दै घाटतिर गयो अनि कतै फेरी जन्मियो ।
आफुलाई खोजेको खै ? आफ्नो घर खोजेको खै ? आफ्नो मालिकलाई खोजेको खै?
चढेको छौ काठमाडौको चक्रपथ घुमिरहने गाडीमा अनि मलाई मुक्तिनाथ पुयाईदिनु भनेर परमात्मालाई भेनेर हुन्छ त ।
मुक्तिनाथ पुग्ने हो भने राम राम भनेरमात्र पुग्दैन मुक्तिनाथ जाने गाडीमा चढ वा मुक्तिनाथको मार्ग थाहा हुनेलाई मार्गको ज्ञान लेउ, अनि पुगिन्छ मुक्तिनाथ, काठमाडौमा थुप्रै ट्राभल एजेन्सीहरु छन उनीहरुसंग सम्पर्क गर ।
मुक्तिनाथ जाने मार्गमा पर्छ तिम्रो आत्माको घरपनि, मुक्तिनाथ जाने मार्ग मै झेटिन्छ आफु अर्थात आत्मा र आफ्नो आत्माको मालिकलाई पनि ।
तिम्रो मन, मष्तिक र इन्द्रियहरुले आफनो चेतनालाई सत्यको मुक्तिनाथ जानलाई मार्गमा अबरोध गरेछ भने पनि मुस्ताङको मुक्तिनाथ भने अवश्य जानु थोरै बजेटमा पनि पुग्न सक्किछ ।
बरु चैततिर जानु र मुक्तिनाथ गएर १०८ धाराको अलौकिक जल आफ्नो शरिर र खुला शिरमा पार्नु, दुई कुण्डमा पनि डुब्नु ।
भलै यो जुनीमा सत्यको मुक्तिनाथ जाने मार्ग अवरोध भएछ भनेपनि अर्को जुनीको लागी पुन्य संचय हुनेछ ।